कोरोना महामारीसँग जुधिरहेको प्रजातान्त्रिक गणराज्य कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखापरेको छ।
कंगोको स्वास्थ्य मन्त्री इटेनी लोंगोन्सोका अनुसार पश्चिमी सहर मब्बनडाकामा याे भाइरसबाट ४ जनाको मृत्यु भएको हो। इबोला भाइरस महामारीको अन्त्य घोषणा गरिएको कंगोमा नयाँ संक्रमण देखिएको हो।
हालै संक्रमित फेला परेको स्थानभन्दा हजार किलोमिटर टाढा अहिले पुनः यसको संक्रमण देखिएको हो। त्यस क्षेत्रमा चिकित्सकसहितको टोली पठाइसकिएको मन्त्री लोंगोन्सोले जानकारी दिए। बीबीसी

प्रतिक्रिया