छापा खबर


भेन्टिलेटर विदेशमै अड्कियो, यता हुन थाल्यो संक्रमितको मृत्यु

भेन्टिलेटर विदेशमै अड्कियो, यता हुन थाल्यो संक्रमितको मृत्यु

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ०:५४,

कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएको भेन्टिलेटर विदेशमा अड्किएको छ। नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालमा आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो। मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ।

मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ। आईसीयू बेड संख्या ३ सय ९६ मात्र छ। आईसीयू र आइसोलेसन बेडको अभाव हुने देखिएपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने योजना सरकारले लिएको छ।

सरकारले ५ हजार संक्रमित हुने अनुमान गर्दै आवश्यक सामग्री जोहो गर्ने तयारी गरे पनि अपुग हुने देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा। वासुदेव पाण्डेका अनुसार संक्रमितको संख्या ५ हजारभन्दा बढी हुने निश्चित छ।

डा.पाण्डेले भने, ‘भारतबाट संक्रमित भएर नेपाल आउने क्रमले समस्या बढेको छ। बाटोमा पनि सुरक्षित यात्रा गरेको पाइएन। असुरक्षित यात्रा गर्दै निर्वाध स्वदेश फर्कने क्रम बढेकाले संक्रमितको संख्या बढ्दै गएको छ।’ संक्रमितमध्ये अधिकांश २१ देखि ३१ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad