समाज


बाँके दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो, भारतबाट घर फर्किँदै गरेका यात्रु

बाँके दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो, भारतबाट घर फर्किँदै गरेका यात्रु

नेपालखबर
जेठ १९, २०७७ सोमबार १:५५,

बाँकेमा आइतबार मध्यराति रोकिराखेको ट्रकमा फोर्स गाडी ठोक्किँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

बाँके जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतककाे संख्या १२ पुगेको हो।

बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार मृतकमा ११ पुरुष र १ महिला छन्। ‘तर उनीहरूको नाम ठेगाना अहिले खुलिसकेको छैन,’ नेपालखबरसँग उनले भने।

२१ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। घाइतेमध्ये २० पुरुष र १ महिला छन्। 

उनका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फाेर्स गाडी रोकिराखेको  ना ४ ख ९०६४ नम्बरको ट्रकमा राति १२ बजेतिर ठोक्किएकाे हाे। 

घाइतेहरुलाई भेरी अस्पताल लगिएकाे छ। शव पनि त्यही अस्पतालकाे शव गृहमा राखिएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेकाे फाेर्स गाडीमा भारतका विभिन्न सहरबाट घर फर्किँदै गरेका ३३ जना थिए। उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर सल्यानतर्फ पठाइँदै थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad