ad ad

समाज


सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

गोकुल जोशी
जेठ १८, २०७७ आइतबार १०:११,

सुदूरपश्चिममा आइतबार थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा पाँच जना कोरोना पोजेटिभ देखिएको हो।

ती मध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बुढीगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

यस्तै, उनकी २३ वर्षीया आमा पनि संक्रमण पुष्टि भएको छ। ती बालिका यही जेठ १० गते बुवा, आमासहित भारतबाट फर्किएर बूढीगंगा नगरपालिका–१ स्थित क्वारेन्टिनमा बसेकी थिइन्। त्यस क्रममा ज्वरो, झाडापखालाका साथै श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि ती बालिकालाई जेठ १५ गते बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको थियो।

उनीसँगै उनका आमाबुवालाई पनि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो। बालिकाको उपचारकै क्रममा आइसोलेसनमै आइतबार बिहान मृत्यु भएको थियो।

कैलालीका थप तीन जनामा संक्रमण
उता आइतबार नै कैलालीका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका–३ का ३७ वर्षीय पुरुष, भजनी नगरपालिका–६ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका–९ का ३४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।

धनगढीका संक्रमित भारतबाट फर्किएका हुन्। उनी धनगढी उपमहानगरपालिका–३ स्थित क्वारेन्टिनमा थिए। अहिले उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइएको छ। जानकी गाउँपालिका नयाँ संक्रमित त्यहीँ गाउँपालिकाका अन्य संक्रमितको सम्पर्कमा आएका व्यक्ति हुन्।

यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित संख्या २५ पुगेको छ। तीमध्ये पाँच जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .