समाज


 म्याग्दीमा कोरोनासँगै डेंगुको प्रकोप, १० जना संक्रमित भइसके

 म्याग्दीमा कोरोनासँगै डेंगुको प्रकोप, १० जना संक्रमित भइसके

नेपालखबर
जेठ १८, २०७७ आइतबार ४:३७,

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेंगुको प्रकोप पनि बढ्दै गएको छ।

म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेंगु पुष्टि भएको हो। योसँगै डेंगु संक्रमितको संख्या १० पुगेको छ। तीमध्ये नौ जना निको भएर घर फर्किएका छन्।

बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेंगु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।

उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएका छन्। बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले बताए।

लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भएकाले फोहोर र पानी जम्ने ठाउँ सफा गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमृत अधिकारीको सुझाव छ।

गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको सल्लाह छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad