ad ad

समाज


आजमात्रै १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

आजमात्रै १८९  जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

नेपालखबर
जेठ १७, २०७७ शनिबार १०:४२,

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजिटिभ देखिएको छ। जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन्। यस्तै धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजिटिभ देखिएको छ।

रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ। जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन्।

बीपी कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पाजिेटिभ आएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ। वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजिटिभ देखिएको छ। विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ।

कोरोना संक्रमणका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

शनिबारमात्रै टेकु अस्पतालबाट २ पुरुष ५ दिनमा र सशस्त्र अस्पतालबाट ११ जना १० देखि १५ दिनमा डिस्चार्ज भएका छन्।

पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडीटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमूना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ५ सय ७५ र आरडीटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ।

 पछिल्लो समय सरकारले परीक्षणको दायरा पनि बढाएको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ। शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४ सय थान विभिन्न प्रदेशमा आरडीटी किट पठाइएको प्रवक्ता देवकोटाले बताए। यस्तै प्रदेशहरुमा ६ हजार थान भीटीएम पनि पठाइएको छ।

प्रवक्ता देवकोटाका अनुसार अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .