समाज


भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै झण्डै ८ हजार कोरोना सङ्क्रमित थपिए

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै झण्डै ८ हजार कोरोना सङ्क्रमित थपिए

नेपालखबर
जेठ १७, २०७७ शनिबार ७:३६,

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रण भएको हो।

थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक लाख ७३ हजार ७६३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण अरु २६५ जनाको मृत्यु भएको पनि जानकारी दिएको छ। योसँगै कुल मृतकको संख्या चार हजार ९७१ पुगेको छ।

पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ८६ हजार ४२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना सङ्क्रणमुक्त भएका छन्।

भारतमा पटक पटक गरेर देशव्यापी लकडाउनको अवधि थपिदै लगिएको छ भने जनजीवन कष्टकर हुन थालेपछि अहिले विभिन्न चरणमा लकडाउनलाई खुकुलो बनाइदै लगिएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad