समाज


झापाको एउटै गाउँपालिकाका ७३ जनामा कोरोना पुष्टि

झापाको एउटै गाउँपालिकाका ७३ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १:२०,

झापाको कचनकवल गाउँपालिमा ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ।

झापामा अहिलेसम्म ७९ जनामा संक्रमण पुष्टि भएको छ। जसम्मध्ये सबैभन्दा धेरै संक्रमित कचनकवल गाउँपालिकामा भेटिएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

बिहीबार कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा झापाका थप २५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि संक्रमण पुष्टि भएका ४८ जनालाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो।

कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई उपचारका लागि विराटनगर पठाइएको जानकारी दिए।

सङ्क्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन्। ‘जति पनि सङ्क्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका थिए,’ उनले भने, ‘सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय सङ्क्रमित हुनबाट जोगिएको छ।’

गाउँपालिकाभित्रका छ क्वारेन्टिनमा राखिएकामध्ये २७६ को स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो। जसमध्ये ७३ को रिर्पोट सङ्क्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिर्पोट आउन बाँकी रहेको आलमले जानकारी दिए।।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको छ। क्वारेन्टिनमा बसेकामध्ये १०० जनाको स्वाब परीक्षण गर्न अझै बाँकी छ।

अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४०० बढी आइसकेको बताए। झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई–दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ।

जसमध्ये दमक र बाह्रदशीका एक-एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताए। पौडलले प्रदेश १ मा मात्र सङ्क्रमितको सङ्ख्या १२९ पुगेको र सबैभन्दा बढी झापाका भएका बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad