समाज


झनझन् बढ्दै कोरोना संक्रमण : बिहीबारको संक्रमणदर अहिलेसम्मकै उच्च

झनझन् बढ्दै कोरोना संक्रमण : बिहीबारको संक्रमणदर अहिलेसम्मकै उच्च

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ०:४७,

विश्वभर कोरोना संक्रमण दर झनझन् बढ्दै गएको छ। बिहीबार विश्वभर एकलाख १६ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ।

यो एकैदिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो। वर्ल्डओमिटरका अनुसार शुक्रबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५९ लाख नाघेको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा २४ हजार १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी अमेरिकामा २२ हजार ४१३, रुसमा ८ हजार ३७१, पेरुमा ५ हजार ८७४, चिलीमा ४ हजार ६५४, मेक्सिकोमा ३ हजार ४६३ जनामा संक्रमण पुष्टि भएको छ।

बिहीबार भारतमा ७ हजार ३ सय कोरोना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ४ हजार ७११ जनाको मृत्यु भएको छ। बिहीबार भारतमा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु भएको छ।

बिहीबार विश्वभर कोरोना संक्रमणबाट ४ हजार ८३६ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ६१ हजार ७७३ पुगेको छ।

बिहीबार अमेरिकामा १ हजार २२२, ब्राजिलमा १ हजार २९२, मेक्सिकोमा ४६३, बेलायतमा ३७७, रुसमा १७४, पेरुमा ११६, क्यानाडामा ११० जनाले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad