बुधबार झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कचनकवल गाउँपालिकाले बनाएको क्वारेन्टिनमा रहेका १५ जना र बाह्रदशीका २ जनामा संक्रमण देखिएको सो गाउँपालिकाले जनाएको छ।
कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु एकहप्ताअघि भारतबाट आएका थिए। उनीहरुलाई गाउँपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको थियो।
क्वारेन्टिनमा रहेका १ सय ६२ जनामध्ये ६५ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यसमध्ये १५ जनामा कोरोना पुष्टि भएको कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मी नारायण यादवले नेपालखबरलाई जानकारी दिए।
संक्रमितहरु २० देखि ३० वर्ष उमेर समूहका छन् भने ३ जना महिला समेत रहेको यादवले बताए।
प्रतिक्रिया