समाज


भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार, चारजना फरार, एक पक्राउ

भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार, चारजना फरार, एक पक्राउ

नेपालखबर
जेठ १२, २०७७ सोमबार १:१२,

भक्तपुरको मध्यपुरथिमीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ।

 मध्यपुरथिमी नगरपालिका ६ पुरानोथिमिमा डेरा गरी बस्ने २२ वर्षका रोहित गिरीसहित पाँच जनाको समूहले २० वर्षीया युवतीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेको तेमाल घर भई पुरानो ठिमी बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गिरीले ८ जेठको बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर सुरुमा आफूले बलात्कार गरेका थिए। पछि आफ्ना चार जना साथीलाई बोलाई बलात्कार गर्न लगाएका थिए।

पीडित युवतीले गएको शुक्रबार महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी दिएपछि प्रहरीले लामालाई पक्राउ गरेको हो। बलात्कारमा संलग्न चार युवा फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामालाई अदालतबाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .