समाज


बारामा थप चार प्रहरीमा कोरोना संक्रमण

बारामा थप चार प्रहरीमा कोरोना संक्रमण

नेपालखबर
जेठ ११, २०७७ आइतबार १२:४९,

बारामा थप चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

यसअघि एक जवानमा संक्रमण देखिएपछि अरु प्रहरीको पनि स्वाब संकलन गरिएको थियो।

स्वाब संकलन गरेकामध्ये एक जना प्रहरी नायव निरीक्षक (सई), एक जना हवाल्दार र दुई जना जवानमा पनि कोरोना संक्रमण देखिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।

‘बारमा थप चार प्रहरीमा कोरोना देखिएको छ’, नेपालखबरसँग कुरा गर्दै एसपी पंगेनीले भने।

आइतबार देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ भने ८७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .