ad ad

समाज


पछिल्लाे कोरोना संक्रमण दर : विश्वमै भारत चौथो स्थानमा

पछिल्लाे कोरोना संक्रमण दर : विश्वमै भारत चौथो स्थानमा

नेपालखबर
जेठ ११, २०७७ आइतबार १:४,

कोरोना संक्रमणको दर घट्न सकेको छैन। शनिबार विश्वभर झण्डै एक लाख नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन्। पछिल्लो संक्रमण दरको तुलना गर्दा उच्च संक्रमण दर भएका देशमा भारत विश्वमै चौथो स्थानमा देखिएको छ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७ सय ५७ जना संक्रमित भएका छन् भने ब्राजिलमा १६ हजार ५ सय ६, रुसमा ९ हजार ४ सय ३४ र भारतमा ६ हजार ६ सय २९ जना संक्रमित भएका छन्।

कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भन्दा पनि पछिल्लो समय भारतमा संक्रमण दर तीब्र बन्दै गएको छ।

भारतमा शनिबार संक्रमणबाट १ सय ४२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने ३ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार २६ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा ९ सय ६५, मेक्सिकोमा ४७९, बेलायतमा २८२, रुसमा १३९, इटालीमा ११९, पेरुमा १२९, क्यानाडामा १०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ५ सय ९६ पुगेको छ भने संक्रमितको संख्या ५३ लाख ९७ हजार नाघेको छ। २४ लाख ४४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .