रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ।
मंगलबार दिउँसोदेखि अविरल वर्षाका कारण रोशीलगायतका खोलामा बाढी आएको छ। बाढीका कारण बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ।
बाढीले राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको छ। सवारी साधन र यात्रुको सुरक्षामा जोखिम बढेकाले वर्षा नरोकिएसम्मका लागि राजमार्गमा सम्पूर्ण सवारी आवागमन बन्द गरिएको हो।
बीपी राजमार्गमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
66
Shares

प्रतिक्रिया