ad ad

समाज


कोरोनालाई सामान्य रोग बताउने बोल्सोनारोको देश ब्राजिल भाइरसको नयाँ केन्द्र

कोरोनालाई सामान्य रोग बताउने बोल्सोनारोको देश ब्राजिल भाइरसको नयाँ केन्द्र

नेपालखबर
जेठ १०, २०७७ शनिबार ८:२३,

चीन, स्पेन, रसलाई उछिन्दै ब्राजिल यतिबेला कोरोनाले अति प्रभावित देशको दोस्रो स्थानमा पुगेको हो। यतिबेला ब्राजिल कोरोनाको नयाँ केन्द्र बनेको छ।

कोरोनाले सबैभन्दा बढी प्रभावित देश भने अमेरिका हो।

हालसम्म ब्राजिलमा ३ लाख ३० हजार भन्दाबढीमा कोरोनाको संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। पछिल्लो समय ब्राजिलमा कोरोना संक्रमित तीव्र गतिमा बढिरहेको छ।

ब्राजिलमा संक्रमितमध्ये २१ हजारको मृत्यु भएको छ भने एक लाख ३५ हजार उपचारपछि स्वस्थ बनेका छन्।

अमेरिकामा १६ लाख ४५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य रोगकको संज्ञा दिँदै आएका थिए। यसबीचमा ब्राजिलको अवस्थ गम्भीर बनेको हो।

ट्रम्पजस्तै बोल्सोनारोले मास्क नलगाउने, शारीरिक दुरीको नियम पालना नगर्ने तथा कोरोनाविरुद्धको उपाय नअपनाउने घोषणा नै गरेका छन्।

ब्राजिलमा पछिल्लो समय बोल्सोनारोको तीव्र आलोचना भएको छ। बोल्सोनारोले कोरोनाको प्रभावबीच नै केही समययता लकडाउन खुलाउनु पर्छ भनेर बताइरहेका छन्। तर विभिन्न राज्यले उनको भनाइ मानेका छैनन्।

कोरोना प्रकोपबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका असल मित्र मानिने बोल्सोनारोले ट्रम्पको सिको गर्ने गरेको आरोप लाग्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .