हाल सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज (शनिबार) दिउँसो १:३० बजे सूचना जारी गरी पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको र ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ।
पछिल्लो ३ घण्टामा मकवानपुरको रजाईमा सबैभन्दा धेरै ३२ मिलिमिटर वर्षा भएको जानकारी पनि मौसम महाशाखाले दिएको छ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
339
Shares

प्रतिक्रिया