त्रिभुवन विश्वविद्यालयको निमित्त शिक्षाध्यक्षमा प्रा.डा. शंकरप्रसाद खनाल चयन भएका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यले रिक्त शिक्षाध्यक्ष पदमा प्रा.डा. खनाललाई जिम्मेवारी दिएका हुन्। उनी त्रिविको विज्ञान तथा प्रविधि संस्थानका डीन हुन्।
त्यस्तै, निमित्त रजिस्ट्रारको जिम्मेवारी प्रा.डा. महानन्द चालिसेले पाएका छन्। उनी व्यवस्थापन संकायका डीन हुन्।
दुवै जनाले सोमबार कीर्तिपुरस्थित शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालय पुगेर पदवहाली गरेका छन्।
129
Shares

प्रतिक्रिया