समाज


एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, परीक्षा बोर्डले बोलायो बैठक

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, परीक्षा बोर्डले बोलायो बैठक

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १६:२२, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

वैशाख २९ गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरी रहेको बोर्डले सोमबार परीक्षा बोर्डको बैठक बोलाएको छ। केही त्रुटी नभए आजै र त्रुटी भए मंगलबारसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी रहेको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी बताए। 

सरकारले वैशाख २९ गतेभित्र एसईईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो। त्यही सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको अधिकारीको भनाइ छ। ‘परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ,’ उनले भने। 

बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा कसरी हेर्ने भन्ने बारे जानकारी दिइसकेको छ। कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ। 

यस वर्ष गत चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो। यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए। 

गत चैत २९ गते सम्पन्न एसईई परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न सरकारले बोर्डलाई निर्देशन दिएपछि बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad