काठमाडौँबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बर्दियामा दुर्घटना भएको छ।
सोमबार दिउँसो काठमाडौँबाट धनगढी जाँदै गरेको बस चिसापानी नजिकै बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको हो। दुर्घटनामा १८ यात्रु घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
बस सडकमै पल्टिएको हो। सडकमा बस पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
726
Shares

प्रतिक्रिया