समाज


घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, ३५ वर्षका युवक पक्राउ

घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, ३५ वर्षका युवक पक्राउ

नेपालखबर
बैशाख २३, २०८३ बुधबार ६:४९, काठमाडौँ

महिलाको हत्या गरेको आरोपमा प्रहरीले काठमाडौँको टोखा नगरपालिका-३ का एक युवक पक्राउ परेका छन्। 

कर्तव्य ज्यान अपराधमा संलग्न भएको आरोपमा टोखा नगरपालिका वडा नम्बर-२ बस्ने ३५ वर्षका अनिल डंगोल पक्राउ परेका प्रहरीले जनाएको छ। 

काठमाडौँकै तारकेश्वर नगरपालिका- ३ तिनपिप्ले जितपुरफेदी बस्ने ४५ वर्षीया सरिता तिवारीको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

यही वैशाख ११ गते सरिता घरबाट हराएकी थिइन्। खोजीको क्रममा उनको शव टोखा नगरपालिका- १ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज फेदीको जंगलमा जमिनमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। 

डंगोलले नै कर्तब्यगरी सरिताको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

डंगोललाई काठमाडौँ जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad