समाज


शालीनदीबाट पेस्तोलसहित २ जना पक्राउ

शालीनदीबाट पेस्तोलसहित २ जना पक्राउ

नेपालखबर
बैशाख १३, २०८३ आइतबार ११:३२, काठमाडौँ

काठमाडौँबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। 

शंखरापुर नगरपालिका-५ सालीनदीस्थित खोला किनारबाट पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ घर भएका ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङ छन्। 

उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड बरामद गरिएको प्रहरीले जनाएको छ।

शालीनदीको खोला किनारमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेका थिए। प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जीवनको सुस्मा कोईराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ।

प्रहरीले हाल फरार अन्य २ जनाको खोजी भइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad