समाज


जेई प्रभावित क्षेत्रमा खोप अभियान

जेई प्रभावित क्षेत्रमा खोप अभियान

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १३:१८, काठमाडौँ

सरकारले जापानिज इन्सेफलाइटिस (जेई) प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ। 

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले चैत २५ गतेदेखि चितवनको माडी नगरपालिका र भरतपुर महानगरपालिका–१९ मा खोप अभियान सञ्चालन गरेको हो। महाशाखाले ३० हजार व्यक्तिलाई जेईविरुद्धको खोप लगाउने जनाएको छ। 

पाँच वर्षयता जेई संक्रमण सबैभन्दा बढी नवलपुर र चितवनमा देखिएको छ। महाशाखाले बढी जेखिम भएका क्षेत्रमा खोप अभियान सञ्चालन गरिएको जनाएको छ। यसअघि नवलपुरमा खोप अभियान सञ्चालन भएको थियो।  

चितवनमा सन् २०२२ यता ३७ जनामा जेई संक्रमण देखिएको छ। यस्तै नवलपरासीमा पाँच वर्षमा ३८ जना संक्रमित भएका छन्।  

गत वर्ष ४५ जिल्ला जापानिज इन्सेफलाइटिसको संक्रमण देखिएको थियो। जसमा कोसी प्रदेशका ६ जिल्ला गण्डकीका सात, लुम्बिनीका ११, कर्णालीका तीन र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका संक्रमित भेटिएका थिए। 

जापानिज इन्सेफलाइटिस भाइरसका कारण लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक संक्रामक रोग हो। सुँगुर, हाँस जस्ता जनावरलाई टोकेको (क्युलेक्स) नामक लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्छ। जेई विशेषगरी कृषि पेशामा संलग्न व्यक्तिमा बढी देखिने गर्छ।

जेई भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ। संक्रमण भएपछि कडा ज्वरो आउने, घाँटी कडा हुने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षणहरू देखा पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad