समाज


तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा ज्यान गुमाउने युवकको सनाखत

तीव्र गतिका २ मोटरसाइकल ठोकिँदा ज्यान गुमाउने युवकको सनाखत

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८३ शनिबार ९:२६, काठमाडौँ

शुक्रबार साँझ हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकमा दुई वटा मोटरसाइकल ठोकिँदा मृत्यु हुने युवकको सनाखत भएको छ।  

मृत्यु हुनेमा बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। 

हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना.३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल शुक्रबार साँझ आपसमा ठोक्किएका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका थोकरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी,  हेटौँडा उउपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय  राजु थिङ र प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका छन्। 

उनीहरु सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad