समाज


अवहेलना मुद्दामा बालेनलाई वारेस राख्न अनुमति

अवहेलना मुद्दामा बालेनलाई वारेस राख्न अनुमति

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १५:५२, काठमाडौँ

अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई वारिस राख्न अनुमति दिएको छ। 

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शाहलाई वारिस राख्न अनुमति दिएको हो। अदालतको अवहेलना मुद्दामा शाहले वारेस राख्नु अनुमति मागेका थिए। 

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद भएको थियो। फिल्ममा समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई नहटाएसम्म फिल्म चल्न नदिने भन्दै काठमाडौँ महानगरपालिकाले सबै फिल्म हलमा महानगर प्रहरी खटाएको थियो। 

त्यसको विरोध गर्दै फिल्म हल सञ्चालकहरूको छाता संगठन चलचित्र सङ्घले उच्च अदालत, पाटनमा रिट हालेको थियो। त्यसमाथि सुनुवाइ गर्दै उच्च अदालतले प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउने अन्तरिम आदेश दिएको थियो। 

उच्च अदालतबाट आदेश आएसँगै काठमाडौँ महानगरका तत्कालीन मेयर शाहले अदालतको आदेश नमान्ने बताएका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन।’

उनको भनाइले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। 

यस मुद्दामा शाहले वारिस राख्न अनुमति मागेको थियो। आज सर्वोच्चले वारेस राख्न अनुमति दिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad