समाज


अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १४:३४, काठमाडौँ

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरी शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो।

स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयको भनाइ छ। यद्यपि आकस्मिक र अन्तरंगसेवाहरू भने २४सै घण्टा सुचारु राख्न जनाएको छ। 

आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ। ‘बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ। 

सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाहरूको विवरण वेबसाइट तथा सूचना पाटीमार्फत प्रवाह गर्नुपर्नेछ भने स्वास्थ्य मन्त्रालयको ‘अस्पताल सुधार कार्यविधि, २०८२’ को पूर्ण पालना गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन सर्भे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गर्दै लगिने प्रतिबद्धता पनि जनाइएको छ। 

मन्त्रालयले आइतबार ओपीडी सूचारु राख्न निर्देशन दिएपछि चिकित्सकहरू आक्रोसित भएका थिए। साथै केही अस्पतालले मन्त्रालयको निर्देशन अवज्ञा गर्दै आइतबार अस्पताल बन्द गरेका थिए। 

आइतबार स्वास्थ्य संस्था बन्द गर्न नेपाल चिकित्सक संघसहित स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा पेशागत संगठनले स्वास्थ्य मन्त्रालयलाई दवाव दिएका थिए। चर्को दवावपछि सरकार स्वास्थ्यकर्मीलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन निर्णयमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad