समाज


आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरहरू)

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो (तस्बिरहरू)

तस्बिर : रासस


नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार ८:४७, काठमाडौँ

आज आमाको मुख हेरेर मातातीर्थ औँसी पर्व मनाइँदेछ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी यो पर्व मनाउने गरिन्छ। 

आज आमालाई मीठा–मीठा खानेकुरा र उपहारहरू दिएर आमाप्रति सम्मान व्यक्त गर्ने परम्परा छ। 

मातातीर्थ औँसीका अवसरमा अहिले काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा ठूलो मेला लागेको छ। 

मातातीर्थमा अहिले तर्पण, श्राद्ध र पूजा गर्नेको भीड छ।
    

मातातीर्थमा शुक्रबार बिहान ३ बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो लागेकोको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए। 

हेर्नुहोस् थप तस्बिर

सबै तस्बिर रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad