समाज


आज तराई क्षेत्रमा गर्मी बढ्ने, पहाडी क्षेत्रको मौसम आंशिक बदली

आज तराई क्षेत्रमा गर्मी बढ्ने, पहाडी क्षेत्रको मौसम आंशिक बदली

फाइल फोटो


नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार ७:२९, काठमाडौँ

पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण यतिबेला देशका अधिकांश भूभागको मौसम आंशिक बदली छ। 

हिमाली भागमा साधारणतया बदली छ भने पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ। 

तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला कोसी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना  छ।

त्यसैगरी, आज रााति देशका हिमाली भागका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोसी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ। 

देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा बढी गर्मी हुने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad