जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले बयलगाडा सहित गोरु नियन्त्रणमा लिएको छ।
कपिलवस्तु नगरपालिका–८ दोहनी चोकस्थित रुधौलादेखि डुमरा जाँदै गरेको २ वटा गोरु सहितको बयलगाडालाई विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट दोहनी कपिलवस्तुबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो।
गोरुगाडा लिएर जाँदै गरेका बुद्धभूमि नगरपालिका–५ नौडिहवा बस्ने वर्ष ३१ को समशेर अलिलाई सोधपुछ गर्दा उनले गोरु र गाडाको सम्बन्धमा रुधौली देखि डुमरासम्म लैजाने जिम्मेवारी मात्र पाएको सम्बन्धमा केही खुलाउन नसकेको प्रहरीको भनाई छ।
उनलाई अन्दाजी १ लाख १५ हजार रुपैयाँ बराबरको २ वटा गोरु र एक वटा गाडासहित आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ।
75
Shares

प्रतिक्रिया