ad ad

समाज


गाउँका एक युवकमा कोरोना पुष्टि भएपछि सिरहाको मौवाही गाउँ सिल

गाउँका एक युवकमा कोरोना पुष्टि भएपछि सिरहाको मौवाही गाउँ सिल

नेपालखबर
जेठ ४, २०७७ आइतबार २:१८,

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका-१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ।

सुखवानान्कारकट्टी गाउँपालिका-१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए।

अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको प्रजिअ गुरागाइँले बताए। सङ्क्रमण पुष्टि भएका युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

‘युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी भइरहेको र उनको कन्ट्याक्ट ट्रेसिङसमेत शुरु गरेका छौँ,’ उनले भने।

उनी साउदी अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि भएको हो। उनी फागुनको २८ गते हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण भई २९ गते घर पुगेका थिए।

आइतबारदेखि सिरहामा लकडाउनलाई अझ कडा बनाइने प्रजिअ गुरागाइँले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .