समाज


सशस्त्रका तीन एसपीलाई गराइयो सचेत

सशस्त्रका तीन एसपीलाई गराइयो सचेत

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १८:३५, काठमाडौँ

सशस्त्र प्रहरी बलका तीन जना उपरीक्षक (एसपी) लाई सचेत गराइएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले हेडक्वाटर बोलाएर धनुषा, कैलाली र कपिलवस्तुका एसपीलाई सचेत गराएर पठाएको हो। 

धनुषाका एसपी भीम विष्ट, कपिलवस्तुका एसपी गोपाल अधिकारी र कैलालीका खुम केसीलाई सचेत गराएर पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। 

धनुषाका एसपी मातहतका कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। कैलाली र कपिलवस्तुमा सशस्त्र प्रहरीसँग स्थानीय समूहको लफडा परेको थियो। जसमा कमाण्ड कन्ट्रोलमा कमजोरी गरेको भन्दै उनीहरूलाई सचेत गराएर पठाइएको हो। 

आगामी दिनमा यस्ता कमजोरी नसुधारे कारबाही गर्ने चेतावनी हेडक्वाटरको छ। यस्तै बोर्डरमा राजस्व चुहावट नियतन्त्रणमा समेत प्रभावकारी काम गर्न निर्देशन समेत दिइएको छ। तत्काल सुरधार नदेखिए फिर्ता बोलाउने हेडक्वाटरले चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad