समाज


यस्तो छ आजको मौसम प्रक्षेपण

यस्तो छ आजको मौसम प्रक्षेपण

काठमाडौँको स्वयम्भू (फाइल फोटो)


नेपालखबर
चैत १९, २०८२ बिहिबार ८:४९, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

मौसम महाशाखाले आज बिहीबार बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,

दिउँसो : हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भेगमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad