ad ad

समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, एकै दिन ९५ हजार संक्रमित थपिए

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, एकै दिन ९५ हजार संक्रमित थपिए

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ०:३०,

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन लाख नाघेको छ।

शुक्रबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोनाबाट तीन लाख तीन हजार ६२ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ४९ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

गएको २४ घण्टामा कोरोनाको कारण विश्वभर ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ भने ९४ हजार ९ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्मको तथ्यांकअनुसार १७ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। २५ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ४५ हजार ५ सय ६६ जना बिरामीको अवस्था गम्भीर छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ८६ हजार ८ सय ९२ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ५६ हजार नाघेको छ। हिजो एकै दिन त्यहाँ झण्डै २६ हजार नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी ब्राजिलमा बिहीबार ८ सय ३५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या झण्डै १४ हजार र संक्रमितको संख्या २ लाख नाघेको छ। संक्रमण फैलिने क्रम त्यहाँ तीब्र बनेको छ। हिजो एकै दिन त्यहाँ १३ हजार ७ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

बेलायतमा मृतकको संख्या ३३ हजार ६ सय १४ पुगेको छ भने इटालीमा ३१ हजार भन्दा धेरै, स्पेन र फ्रान्समा २७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।

बिहीबार स्पेनमा २१७, बेलायतमा ४२८, इटालीमा २६२, फ्रान्समा ३५१, क्यानाडामा १७०, मेक्सिकोमा २९४ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी भारतमा गएको २४ घण्टामा ९८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ भने संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ।

भारतमा बिहीबार एकै दिन ३ हजार ९ सय ४२ जना संक्रमित भएका छन्। अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन्। भारतमा ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .