विश्वब्यापी महामारी कोरोना भाइरसका कारण भएको लकडाउनको मौका काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको साङवाले गाउँपालिका घर भइ काठमाडौंको बूढानीलकण्ठ १० कपन बस्ने १९ वर्षीय सुजन तामाङ र भोजपुर घर भइ सोही स्थान बस्ने २० वर्षीय सुजन विक छन्।
उनीहरुले गोकर्णेश्वरनगरपालिका–८ गणेश नगर स्थित आनन्द गणेश मन्दिरको मूल ढोका फोडी मन्दिर भित्र रहेको दान बाकस फोरेर १७ हजार नगद तथा भालेश्वर महादेवको ढलोटको मुर्ति चोरी गरेको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा हाल महानगरिय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया