विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। १ जना घाइते भएका छन्।
तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारमा ना.४९ प ८४६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार बस्ने २३ वर्षीया पुजा गुरूङ रहेकी छन्।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि नवलपरासी पूर्वको गैंडाकोटमा बसले ठक्कर दिँदा स्कटुर चालकको मृत्यु भएको छ।
गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा बा.प्र.०१-००६ ख ७४६३ नम्बरको बसले बा.प्र.०३-०४ प ६४० नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-१३ बस्ने ५८ वर्षीय कृष्ण कंडेल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि सुनसरीको रामधुनी नगरपालिका-५ लगुना मोडमा पिकअप गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
हाल नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-३ बस्ने ६१ वर्षीय बिष्णु प्रसाद खतिवडाको बिहीबार बिहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका १ जना साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।
फरार सवारी साधनका चालकको प्रहरीले खोजी गरिरहेको छ।
Shares

प्रतिक्रिया