समाज


उदयपुरमा हावाहुरीले ढालेको रुखले लागेर २ जनाको मृत्यु, ५ घाइते

उदयपुरमा हावाहुरीले ढालेको रुखले लागेर २ जनाको मृत्यु, ५ घाइते

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०८२ मंगलबार ७:३३, काठमाडौँ

उदयपुरमा हावाहुरीको कारण ढलेको रुखले लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य जना जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी निरन्जन थापाले नेपालखबरलाई दिएको जानकारी अनुसार आइतबार साँझ आएको हावाहुरीले कटारीमा २ जनाको मृत्यु भएको हो।

‘मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्,’ थापाले भने, ‘घटनामा अन्य पाँचजना घाइते छन्।’

सोमबार साँझ साँढे सात बजेतिर कटारी नगरपालिका वडा नम्बर ५ तिनकुनेचोक नजिकै रहेको वीरेन्द्र चौधरीको टिनको छाना भएको घरमा हावाहुरीले ढालेको सुकेको सालको रुख बजारिएको थियाे। ढलेको रुखले लागेर घरधनी चौधरीको मृत्यु भएको हो। उक्त घटनामा पाँच जना घाइते भएका डीएसपी थापाले बताए। 

घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।  

घटनामा मृतक चौधरीकी नातिनी अन्दाजी पाँच वर्षीया बिनिषा, कटारी-५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवार, कटारी-३ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, सोही ठाउँका ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी-१२ बसेरी बस्ने डोर बहादुर परियारकी छोरी अन्दाजी १६ वर्षीया अस्मिता परियार घाइते भएका छन्। 

उनीहरुको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ। 

चौधरीले घरमा किराना पसलसमेत चलाउँदै आएका थिए। घाइते हुने चारजना पसलमा आएका ग्राहक हुन्। 

त्यसैगरि सोमबार साँझ नै कटारी नगरपालिका वडा नम्बर-८ थलियाटार निवासी एक महिलाको पनि हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय मदन बहादुर तामाङकी पत्नी ४९ वर्षीया मिनामाया तामाङ छिन्। घर नजिकै रहेको गोठबाट खसीबाख्रा घरमा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले भाँचिएका कटमिरोको रुखको हाँगाले लाग्दा उनको मृत्यु भएको हो। 

गम्भीर घाइते मिनामायालाई उपचारको लागी प्रादेशिक अस्पताल कटारी पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए। 

दुवै घटनाको जानकारी प्राप्त हुँनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad