ad ad

समाज


कोरोना संक्रमित नर्सलाई अस्पताल लैजाने एम्बुलेन्स चालक र सहयोगीको स्वाब संकलन, अस्पताल सिल

कोरोना संक्रमित नर्सलाई अस्पताल लैजाने एम्बुलेन्स चालक र सहयोगीको स्वाब संकलन, अस्पताल सिल

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार ६:१४,

आरोग्य फाउन्डेसनको आरोग्य डायग्नोस्टिक केन्द्रमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएपछि थप दुई जनाको स्वाब संकलन गरिएको छ।

भक्तपुरबाट एम्बुलेन्समा टेकु अस्पताल पु¥याउने एम्बुलेन्स चालक र अर्का सहयोगीको स्वाब संकलन गरिएको हो।

पुलचोकस्थित आरोग्य फाउन्डेसनमा कार्यरत उनी २९ गते इटहरीबाट फर्किएकी हुन्।

इटहरीमा हुँदै कोरोना संक्रमणको आशंका लागेकी उनी भक्तपुर आउनासाथ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन्।

आफू कार्यरत अस्पतालको एम्बुलेन्स बोलाएर कोरोना परीक्षणका लागि अस्पताल पुगेकी थिइन्।

उनलाई ल्याउने लैजाने कर्मचारीको पनि कोरोना परीक्षण गरिने भएको हो। अहिले आरोग्य फाउडेसनमा सिल गरिएको छ। बाहिरबाट बिरामी लैजान बन्द गरिएको र त्यहाँ रहेका बिरामीको उपचार मात्रै गर्ने गरी सिल गरिएको ललितपुरका स्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए।

यस्तै नर्सको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि खोजी भइरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राइले बताए। उक्त एम्बुलेन्सले बोकेका अन्य बिरामीको पनि कोरोना परीक्षण गर्न पहिचान गर्ने काम भइरहेको छ।

झापा घर भएकी ती नर्स भक्तपुरमा बस्दै आएकी थिइन्। उनलाई मंगलबार राति कोराना संक्रमण भएको पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .