ad ad

समाज


देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना, कता-कता हाेला?

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना, कता-कता हाेला?

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १:३,

आज (बुधबार) पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले (बुधबार) बिहान काठमाडौं उपत्यकासहित प्रदेश ३, सुदूरपश्चिम, कर्णाली र प्रदेश २ मा मौसम बदली छ।

उनका अनुसार आज पश्चिमी वायुको अर्काे नयाँ प्रणाली भित्रिएको छ। जुन कर्णाली प्रदेशमा प्रवेश गरिसकेको छ। जहाँ अहिले बिहान नै वर्षा हुने सम्भावना देखिएको मौसमविद् श्रेष्ठले बताए।

जुन प्रणाली बिस्तारै पूर्व सर्ने क्रममा रहेको र दिउँसोसम्ममा काठमाडौं उपत्यकामा पनि बदली भई वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए। ‘अपराह्नतिर काठमाडौं उपत्यकाका पनि निश्चित ठाउँहरूमा क्षणिक वर्षा हुने सम्भावना छ,’ बुधबार बिहान उनले भने।

उनका अनुसार आज पश्चिम, मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ।अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव छ।

यसपटक प्रिमनसुनमा औसतभन्दा बढी वर्षा
मौसमविद्का अनुसार यसपालिकाे प्रिमनुसनमा औसतभन्दा बढी वर्षा भएको छ।

मनसुन लाग्नुअघिको यो प्रिमनसुनमा पश्चिमी प्रणाली कमजोर र पूर्वी प्रणाली बलियो हुँदै जान्छ। तर यस वर्ष पश्चिमी प्रणाली पनि निकै लामो समय रहेकाले खासगरी पश्चिमी क्षेत्रमा औसतभन्दा बढी वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

मनसुन अर्थात् वर्षा याम सामान्यतया जुन १० तारिखमा सुरु हुन्छ। ‘तर यसभन्दा केही दिन अघिपछि हुन सक्छ,’ मौसमविद् श्रेष्ठले भने।

झन्डै १ महिनादेखि माैसम बदली तथा वर्षा भइरहने क्रम राेकिएकाे छैन। अझै २-३ दिन माैसम यस्तै रहने उनले बताए। माैसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मकाे माैसम अनुमान गर्ने गर्छ। 

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

वैशाख ३१ गते (बुधबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ।पूर्वी र पश्चिमी भू-भागका केही स्थान र  मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी र मध्य भू-भाग तथा पश्चिमको पहाडी भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान तथा मध्य र पश्चिमका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ  गते (बिहीबार)

दिउँसोः  देशको पुर्वी  र मध्य भू-भागलगायत पश्चिमी  पहाडि भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र पश्चिमी भू-भागका केही स्थान तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित  वर्षाको सम्भावना छ।

रातीः   देशको पूर्वी  र मध्य भू-भागलगायत पश्चिमी  पहाडि भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ  गते (शुक्रबार)

दिउँसोः  देशको पूर्वी  र मध्य भू-भागलगायत पश्चिमी  पहाडि भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित  वर्षाको सम्भावना छ।

रातीः  देशको पूर्वी  र मध्य भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .