समाज


राशिफल २७ फागुन : मिथुनको घुम्न जाने योजना बन्ने, मकरलाई सवारी साधन प्राप्ति, तपाईँको दिन कस्तो?

राशिफल २७ फागुन : मिथुनको घुम्न जाने योजना बन्ने, मकरलाई सवारी साधन प्राप्ति, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
फागुन २७, २०८२ बुधबार ४:३६, काठमाडौँ

आज बुधबार, २७ फागुन २०८२ (११ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सुखदु:ख बराबरी रहनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। एकोहोरो माया प्रेमले सताउन सक्छ। आर्थिक कारोबारमा विवाद आउला।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमिला वा माछालाई चारो खुवाएर कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: धार्मिक कर्ममा व्यस्त भइनेछ। नयाँ अवसरले मन प्रसन्न बनाउनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। कृषि र उत्पादनमूलक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। पुनर्मिलनको योग पनि रहेको छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ८०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट: सामाजिक सेवाले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्ला। नयाँ ज्ञान सिक्ने अवसर छ। पुण्य आर्जनको काममा संलग्न भइनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाएर कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ। स्वास्थ्यमा खर्च बढ्ने योग छ। कार्य सम्पादनमा समस्या आउला। चोटपटकको भय छ, सचेत रहनुहोला। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। धार्मिक आस्था बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: कुनै समाचारले मनमा खुसियाली छाउला। श्रमको उचित मूल्याङ्कन हुनेछ। धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। स्वादिष्ट खानपिनको मौका मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७८, सेयर बजारमा ८६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक: परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ। प्रेम जीवन सुखद रहनेछ। नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग पनि भेट हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: शुभकार्यको चर्चा चल्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन गराएर कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ: नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। धर्म तथा समाजसेवामा मन जानेछ। घरमा पाहुनाको आगमन हुने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिएर कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन: शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad