ad ad

समाज


पर्सामा भेटिएका सबै संक्रमित स्थानीय

पर्सामा भेटिएका सबै संक्रमित स्थानीय

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ८:३६,

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा सबै संक्रमितहरु वीरगन्जका स्थानीय भएको खुलासा भएको छ।

नारायणी उप–क्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यक्षले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको स्वाबमा परीक्षण गर्दा ३९ जना संक्रमित भेटिएको बताए।

‘वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा हामीले दुई दिनमा ६ सय ८० जनाका स्वाब संकलन गरेका थियौँ। त्यो मध्येका ३९ जनामा कोभिड १९ मा देखिएको हो,’ मेसु उपाध्यायले नेपालखबरसँग भने, ‘केहीलाई स्क्रिनिङ, केही पहिले संक्रमितको सम्पर्कमा पुगेका र केही स्वस्र्फुत रुपमा स्वाब परीक्षण गराउनु भएको थियो।’

वीरगन्ज नगरपालिका १, २, ३ र १६ नम्बर बडाबाट स्वाब संकलन गरिएको थियो।

‘संक्रमण सामुदाय स्तरमै पुगेको देखिन्छ। संक्रमितहरुलाई उपचारको व्यवस्थापनको विषयमा छलफल चलिरहेको छ,’ उपाध्यायले भने, ‘चुनौति थपिएको छ।’

उनले वीरगञ्ज र त्यसआसपासको क्षेत्रमा परीक्षणलाई अझै व्यापाक बनाउन पर्ने आवश्यकता रहेको बताए।

पर्सामा अहिलेसम्म ६४ जना संक्रमित भेटिएको छ। तीमध्ये तीन जना निको भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .