आज आइतबार, २४ फागुन २०८२ (८ मार्च २०२६)। हेर्नुस् आजको राशिफल–
मेष: युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। धार्मिक तथा सांस्कृतिक सभा-समारोहमा सरिक हुने सम्भावना छ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ भने सामाजिक कामबाट सफलता मिल्ने देखिन्छ।
भाग्यशाली रङ सेतो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ४९, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुण खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ। शुभ कार्यको योजना बनाउने अवसर मिल्नेछ र सृजनात्मक क्षमताले राम्रो परिणाम दिनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जोखिमभन्दा रणनीति रोज्दा सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५९ र सम्पूर्ण भाग्यांक ७७ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मिथुन: मनमा शान्ति र खुसियाली मिल्ने संकेत छ। कार्यक्षेत्र वा समाजमा कुरा काट्नेहरूको सङ्ख्या बढे पनि दाजुभाइ तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ने सम्भावना छ।
भाग्यशाली रङ पहेँलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ७३ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: लाभहानी, आयव्यय र सुखदुःख बराबरी रहने मध्यम समय छ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। प्रयास गर्दा पनि अपेक्षित उपलब्धि पाउन केही कठिन हुन सक्छ। सामाजिक काम गर्दा गोपनीयता र प्रतिष्ठामा ध्यान दिनु राम्रो हुनेछ।
भाग्यशाली रङ रातो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
सिंह: लाभदायक यात्राको सम्भावना देखिन्छ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रो सफलता प्राप्त गर्न सक्छन्। परोपकार तथा पुण्य आर्जन गर्ने अवसर मिल्नेछ। धैर्य कायम राखे सफलता मिल्नेछ।
भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७४ प्रतिशत रहेको छ। वृक्षारोपण गर्ने। निलो रङको प्रयोग नगर्ने।
कन्या: दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। शुभकार्यको चर्चा चल्नेछ र प्रेम सम्बन्धमा मिठास बढ्नेछ। आफ्नै दक्षताले विभिन्न कार्य सम्पन्न हुनेछन्। राज्यस्तरबाट आकर्षक अवसर प्राप्त हुने सम्भावना छ।
भाग्यशाली रङ खैरो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्नेछ। पढाइ–लेखाइमा राम्रो परिणाम आउने सम्भावना छ। बुद्धिको प्रयोग गर्न सके जटिल ठानिएका कामसमेत सहज रूपमा सम्पन्न हुनेछन्।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक: आफूलाई केही कमजोर भएको अनुभूति हुन सक्छ। मन भावुक र उत्ताउलो बन्ने सम्भावना भएकाले संयम र अनुशासन आवश्यक छ। मठमन्दिरको भ्रमणले मानसिक ऊर्जा प्रदान गर्नेछ। निराश नभई प्रयास गर्दा परिणाम सकारात्मक बन्न सक्छ।
भाग्यशाली रङ पर्पल र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ६० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४० प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।
धनु: अचल सम्पत्ति हात पर्ने योग देखिन्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। चलाखीपनले कार्य सिद्ध हुने सम्भावना छ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ तर वैदेशिक कार्यमा केही कमजोरी देखिन सक्छ। झैझगडा र मुद्दामामिलाबाट टाढा रहनु राम्रो हुनेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७०, वैदेशिक कार्यमा ४० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७१ र सम्पूर्ण भाग्यांक ७८ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। छलकपट नगर्ने।
मकर: लामो समयदेखि रहेका बाधाहरू हट्ने संकेत छ। रोकिएका कामले गति लिन सक्छन्। मित्र तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ। मानसम्मान प्राप्त हुने सम्भावना पनि देखिन्छ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कुम्भ: पारिवारिक साथ र सुख मिल्ने समय छ। खुसीको खबर सुन्न पाइनेछ। नयाँ ठाउँमा रमाइला यात्राको सम्भावना देखिन्छ। चिताएको कामले तीव्रता लिनेछ भने प्रणय सम्बन्धका लागि पनि समय अनुकूल रहनेछ।
भाग्यशाली रङ सेतो र अंक ४१ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७५, वैदेशिक कार्यमा ४५ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७१ र सम्पूर्ण भाग्यांक ५९ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
मीन: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने देखिन्छ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। खानपान, समय र स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्नेछ। साँझतिर भने कुनै समाचारले मन प्रसन्न बनाउने सम्भावना छ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४९, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ३७ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया