समाज


दार्चुलाका २ मतदान स्थलमा अझै गएनन् मतदाता

दार्चुलाका २ मतदान स्थलमा अझै गएनन् मतदाता

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १२:१३, कञ्चनपुर

दार्चुलाका दुई मतदान स्थलमा अझै मतदाता भोट हाल्न गएका छैनन्।

अपी हिमाल गाउँपालिका-३ दुधीला र नौगाड गाउँपालिका- १ नागुस्थित गौरीशंकर मावि मतदानस्थलमा मतदाता भोट हाल्न नपुगेका हुन्। 

दुधिला मतदानस्थलमा तीन सय ३६ र नागुमा ६ सय २ मतदाता रहेका छन्।

निर्वाचन कर्मचारी र सुरक्षाकर्मी मतदाताको पखाईमा बसेका छन्।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख  प्रदिप सिंह धामीका अनुसार मध्यान्न १२ बजेसम्म कोही पनि मतदाता भोट हाल्नका लागि आएका छैनन्। 

अन्य मतदान स्थलमा भने मतदान जारी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad