समाज


२ महिलासहित ५ जनाको शव फेला

२ महिलासहित ५ जनाको शव फेला

नेपालखबर
फागुन २०, २०८२ बुधबार १४:२३, काठमाडौँ

विभिन्न जिल्लामा पाँचजना मृत अवस्थामा फेला परेका छन्। 

ताप्लेजुङ, खोटाङ, तेह्रथुम, ललितपुर र बझाङमा गरेर पाँचजनाको शव फेला परेको हो। 

ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ ताम्राङ बस्ने ६५ वर्षीय चुर्नहाङ लिम्बु मृत फेला परेका प्रहरीले जनाएको छ। 

मैवाखोला गाउँपालिका-३ साघु बजारस्थित नालीमा उनको शव फेला परेको हो। 

त्यसैगरि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ लमाखु बस्ने ४१ वर्षीया चन्द्रा दर्नाल पनि आफ्नै घरमा मृत फेला परेकी छन्। 

उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि तेह्रथुमको आठराई गाउँपालिका-१ बुकीमा पनि एक जनाको शव फेला परेको छ। आठराईबाट खम्लालुङ जाने कच्चि सडकमा आठराई गाउँपालिका-१ बस्ने ५० वर्षीय चन्द्र बहादुर तामाङ मृत फेला परेका हुन्। 

त्यसैगरि ललितपुर महानगरपालिका-१४ शिवचोक बस्दै आएका एक महिला पनि मृत फेला परेकी छन्।  

पाँचथर घर भएकी ७५ वर्षीया आश माया लावती ललितपुर महानगरपालिका-२७ सुनाकोठी कृष्ण मन्दिर नजिक झाडीमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। 

त्यसैगरि बझाङको खप्तड छान्ना गाउँपालिका-२ निम बस्ने ५५ वर्षीय बम्म थापा पनि मृत भेटिएका छन्। 

खप्तड छान्ना गाउँपालिका-२ निमस्थित नहरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad