समाज


दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारी, निवासमा पुग्यो प्रहरी

दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारी, निवासमा पुग्यो प्रहरी

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८२ आइतबार ७:१९, काठमाडौँ

दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारीसहित प्रहरी उनको घरमा पुगेको छ। 

पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आइतबार बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको हो। 

प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए। 

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्। 

राजावादी अभियन्ता प्रसाईँसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन्। 

उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए। रिहा भएलगत्तै उनले २१ गते हुने चुनाव बिथाेल्ने धम्की दिँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad