समाज


विभिन्न जिल्लामा आगलागी हुँदा ६१ लाख भन्दा धेरैको क्षति

विभिन्न जिल्लामा आगलागी हुँदा ६१ लाख भन्दा धेरैको क्षति

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १४:२५, काठमाडौँ

विभिन्न जिल्लामा भएका आगलागीको घटनामा ६१ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ। 

नवलपरासी, उदयपुर, कञ्चनपुर, मोरङ, सर्लाही, रामेछाप लगायतका जिल्लामा आगलागी भएको प्रहरीले जनाएको छ। 

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-५ बिकास टोल बस्ने माधव कंडेलको गोठमा बिहीबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

त्यसैगरि उदयपुरको बेलका नगरपालिका-४ शिसुवा बस्ने प्रेम अधिकारीले संचालन गरेको निर्वाह कृषि फर्ममा पनि आगलागी भएको छ। 

आगलागीबाट करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएप्रहरीले जनाएको छ।

उदयपुरकै रौतामाई गाउँपालिका-२ ओख्रेनी बस्ने देश कुमारी मिजारको घरमा पनि आगलागी भएको छ। 

आगलागीबाट करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

त्यसैगरि कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ भगतपुर बस्ने बसन्ती दमाइको घरमा पनि आगलागी भएको छ। 

विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेको छ। 

उक्त आगलागी फैलिएर बसन्तीको घरसँगै जोडिएको रोशन दमाइको घरमा समेत आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

त्यसैगरि मोरङको पथरी शनिश्चरे नगरपालिका-२ सितल टोल बस्ने ज्ञाननाथ अधिकारी र चन्द्र अधिकारीको गोठमा शुक्रबार बिहान आगलागी हुँदा करिब ८ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

मोरङकै लेटाङ नगरपालिका-६ सालबारी बस्ने सुमन नेपालीको घर र गोठमा पनि बिहीबार राति आगलगी भएको छ। 

आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

त्यसैगरि रामेछापको मन्थली नगरपालिका-७ पात्ले बस्ने ७४ वर्षीया दुर्गा माया खड्काको घरमा पनि आगलागी भएको छ। 

विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

त्यसैगरि पर्साको महानगरपालिका-३२ चोर्नेस्थित भास्कर हर्वास्युटिकल्स प्रालि कम्पनीमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

त्यसैगरि वीरगन्ज १९ बस्ने बृज किशोर साहको घरगोठमा पनि बिहीबार साँझ आगलागी भएको छ। आगलागीबाट करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

त्यसैगरि सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वा बस्ने स्वेश कुमार झा को घरमा पनि आगलागी हुँदा करिब १७ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यी सबै आगलागी स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad