समाज


रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते

रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार १७:४८, काठमाडौँ

रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन्। स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो। 

बिहीबार राति नै एक चरण झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएर दुवै समूहलाई तितर बितर पारे पनि शुक्रबार बिहानैबाट फेरि झडप सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए। 

बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढामा आएको जन्तिले बाजा बजाएको विषयमा विवाद सुरु भएको थियो। राति दुवै समूहले ढुंगा हानाहान गरेका थिए। 

बिहान पनि त्यही विषयमा दुवै तर्फका भेला भएर विवाद गरेका थिए। दुई समुदायको झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४० सेलभन्दा बढि अश्रुग्यास प्रहार गरेको डीएसपी बस्यालले नेपालखबरलाई जानकारी दिए।

त्यसक्रममा दुई जना प्रहरी पनि घाइते भएका छन्। घाइतेहरुको स्थानीइ अस्पतालमा उपचार भइरहेको छ। 

विवाद सुल्झाउन अहिले दुवै पक्षलाई राखेर जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको छ। प्रशासनले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपिल पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad