नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ।
शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा बैठक बसेको थियो। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकमा बागी उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकबारेमा छलफल भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद भुलालले जनाएका छन्।
उनका अनुसार, कपिलवस्तु लगायत केही जिल्लाबाट कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, उनीहरूका प्रस्तावक र समर्थक विरुद्ध उजुरी आएको छ। उनीहरूले अनुशासन विपरीत क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ।
विभिन्न जिल्लाबाट आएका उजुरीमाथि छलफल भएको दुलालले जनाएका छन्। त्यसमाथि निर्णय गर्न भने बाँकी रहेको छ।
त्यस्तै, बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि-२०८२ पारित गरेको छ।
Shares

प्रतिक्रिया