तनहुँको देवघाट गाउँपालिका–४ बाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवघाट–४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकका अनुसार ग्रामीण भेगमा गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित फेला पारिएको हो।
प्रहरीले उनीहरूको साथबाट बारुद जस्तो देखिने कालो पदार्थ र फलामका टुक्रासमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
6
Shares

प्रतिक्रिया