समाज


काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम: लगातार दोस्रो दिन घट्यो

काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम: लगातार दोस्रो दिन घट्यो

नेपालखबर
फागुन ४, २०८२ सोमबार ६:१३, काठमाडौँ

आज (सोमबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ। 

हिजो (आइतबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे घटेर ८.० डिग्री सेल्सयस कायम भयो। 

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।

सुरुवाती मापनका हिसाबले काठमाडौँको न्यूनतम तापक्रम आज लगातार दोस्रो दिन घटेको हो।

अस्ति (शनिबार) काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा ९.२ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे थोरै घटेर ८.९ डिग्री सेल्सयस कायम भएको थियो।

मौसम महाशाखाले काठमाडौँको न्यूनतम तापक्रम हरेक दिन सुरुमा बिहान ५:४५ र अन्तिममा बिहान ८:४५ बजे मापन गर्ने गरेको छ। पछिल्लो आधिकारिक मापन हो। 

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

आइतबार यस्तो थियो तापक्रम विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad