चितवनमा एक राउन्ड हवाई फायर गर्दै प्रहरीले चार जना गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार प्रहरीले चितवनको राप्ती नगरपालिका १२ को घनमागगौरी ५४ केजी गाँजासहित ४ जनलाई नियन्त्रणमा लिएको हो।
लागुऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालाय टाँडीबाट गएको टोलीले सो ५४ केजी गाँजा लिएर फर्कने क्रममा सोही नगरपालिका ५ को चौकीडाँडामा तस्करहरुले प्रहरीमाथि आक्रमण गरेका थिए।
झण्डै ३ सयको संख्यामा आएका तस्करहरुले प्रहरीको गाडीमा आक्रमण गर्दा ३ जना प्रहरी जवान घाइते बनेको प्रहरीले जनाएको छ। गाँजा तस्करलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।
गाँजा तस्करको आक्रमणबाट तीन प्रहरी जवान घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले लकडाउनको समयमा पनि लागुऔषध ओसापसारविरुद्ध कडा कदम चालिरहेको बताएको छ।

प्रतिक्रिया