ad ad

समाज


निको भएका व्यक्तिमा पुनः ‘कोरोना पोजिटिभ’ देखिनु रोग दोहोरिनु होइनः डब्ल्यूएचओ

निको भएका व्यक्तिमा पुनः ‘कोरोना पोजिटिभ’ देखिनु रोग दोहोरिनु होइनः डब्ल्यूएचओ

नेपालखबर
बैशाख २७, २०७७ शनिबार १३:५६,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण निको भइसकेका व्यक्तिको नमुना परीक्षण गर्दा पुनः पोजिटिभ रिपोर्ट आउनु ऊ फेरि कोरोनाबाट संक्रमित भएको भन्न नमिल्ने बताएको छ।

निको भएका व्यक्तिको फलोअप जाँच गर्दा पीसीआर रिपोर्टमा पुनः कोरोना पोजेटिभ देखिनुको कारण फोक्सोको मृत कोषिकामा देखिएका मृत भाइरल भएको उसको भनाइ छ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले आफ्नो देशमा कोरोनामुक्त भएका सयभन्दा बढी व्यक्तिको नमुना पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ आएको जानकारी गराएपछि डब्ल्यूएचओले यसबारे स्पष्ट पारेको हो।

नेपालमा पनि कोरोना निको भएका ३ जनाको फलोअप जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार डब्ल्यूएचओका प्रवक्ता क्रिस्टिएन लिन्डमायरले एएफपीसँग कुरा गर्दै केही बिरामी स्वास्थ्य अवस्थाका हिसाबले निको भए नमुना पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ आएको जानकारी प्राप्त भएको बताएका छन्।

तर ताजा तथ्यांक र जानकारीका आधारमा पोजिटिभ नतिजा पुन: संक्रमण भएर नभई बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत कोषिका भएको उनकाे भनाइ छ। 

उनले भने, ‘जुन पहिले संक्रमित भएका थिए, रिपोर्टमा त्यही देखिएको हो। यो बिरामी निको हुने प्रक्रिया हो, जसमा शरीर आफैंले सफाइ सुरु गर्छ। यसलाई पुनः संक्रमण भन्न मिल्दैन।’

वैज्ञानिकका अनुसार एकपटक निको भइसकेका व्यक्तिको फलोअप पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिए पनि उसले अरूलाई संक्रमण सार्न सक्दैन। कोरोना संक्रमणमुक्त भइसकेका मानिसमा केही महिनाभित्रै पुनः संक्रमण हुने सम्भावना एकदमै कम हुने उनीहरुकाे भनाइ छ। 

तसर्थ नेपालमा अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिको फलोअप पिसिआर परीक्षण केही दिनमै गरिएकाले पुनः संक्रमित हुने सम्भावना लगभग शून्य रहेको विज्ञले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .